२०८३, आश्विन २० गते

images

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद हट्यो

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद हट्यो

शुक्रवार, भाद्र १४ २०८१०१:५१
शुक्रवार, भाद्र १४ २०८१०१:५१
  • images

    काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान सर्वसम्मतिले हटाइएको छ । 

    शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिरुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

    गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर हदम्यादसम्बन्धी व्यवस्था हटाउने सहमति जनाएपछि समितिले सर्वसम्मत निर्णयबाट हदम्यादसम्बन्धी व्यवस्था हटाएको हो । 

    बैठकमा गृहमन्त्री लेखकले हदम्याद सम्बन्धी व्यवस्था नराख्न सरकार तयार रहेको बताए । लगत्तै सांसदहरू गृहमन्त्री लेखकले राखेको विषयमा छलफल गरेका थिए । बैठकमा सहभागी सबै सांसदले हदमयाद राख्ने विषय उचित नभएको र हटाउनुपर्ने बताए ।

    त्यसपछि समितिका सभापति रामहरी खतिवडाले उक्त व्यवस्था हटाउने प्रस्ताव प्रस्तुत गरेका थिए । जुन प्रस्ताव समितिबाट पारित भएको हो । विधेयकमा सरकारले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव ल्याएपछि चौतर्फी आलोचना भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend