२०८३, आश्विन २० गते

images

मुस्ताङमा सम्पर्कविहीन भएका १५ जनाको उद्धार

मुस्ताङमा सम्पर्कविहीन भएका १५ जनाको उद्धार

सीएनएन खबर
शुक्रवार, कार्तिक १४ २०८२११:२८
सीएनएन खबर
शुक्रवार, कार्तिक १४ २०८२११:२८
  • images

    काठमाडौं । मुस्ताङको हिडन भ्यालीमा घुम्न गएका तीन जना बेलायती नागरिक र १२ जना नेपाली पर्यटक हिउँपातका कारण सम्पर्कविहीन भएका थिए। नेपाली सेनाले तीन दिनपछि उनीहरूलाई घरपझोङ गाउँपालिकामा रहेको हिडन भ्यालीबाट उद्धार गरेको छ।

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार, १५ जनाको टोलीलाई १२,८०० फिट उचाइमा रहेको टाप्से डाँडा क्षेत्रमा भेटिएको थियो र अहिले उनीहरूलाई याकखर्क ल्याउँदैछन्। उद्धार कार्यमा थप लजिस्टिक टोली पनि सक्रिय रहेको जनाइएको छ।

    हिडन भ्यालीमा पाँच फिटसम्म हिउँ परेकाले पर्यटकहरूसँग सम्पर्क टुटेको थियो। बुधबारदेखि सम्पर्कविहीन रहेका उनीहरूलाई नेपाली सेनाको समन्वयमा सुरक्षित रूपमा उद्धार गरिएको हो।

    सुरक्षित उद्धारपछि सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend