काठमाडौँ । सिनामंगलको क्रष्टिल कम्लेक्सबाट उच्चस्तिरिय सुबिधा सहित अन्तराष्ट्रिय स्तरको हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले तिजको अवसर पारेर छुट आफर सार्वजनिक गरेको छ । सेन्टरले भाद्र महिना भरका लागि उपलब्ध हुँदै आएको सेवामा बिशेष छुटको अफर सार्वजनिक गरेको हो ।
जसअनुसार हार्दिक आई.भि.एफ सेन्टर द्धारा डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निशुल्क, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आई.भि.एफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुटको घोषणा गरिएको छ ।
सेन्टरले सेवा सञ्चालनको छोटो अबधिमा नै लोकप्रिय बन्न सफल भएको समेत दाबी गर्ने गरेको छ । उक्त सेन्टरमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सहि कारण पत्तालगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध गराईरहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘अन्तराष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिजि¨ गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द समेत स्थापना गरेको छ’, विज्ञप्तीमा भनिएको छ ।

