२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध...

मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सीएनएन खबर
आइतवार, आषाढ ९ २०८१०५:५७
सीएनएन खबर
आइतवार, आषाढ ९ २०८१०५:५७
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका मुख्ख सचिव डा बैकुण्ठ अर्याल सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगले आइतबार मुख्यसचिव अर्याल सहित आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्य, विभागका उपमहानिर्देशक टंक पाण्डे, निर्देशक गणेशविक्रम शाही, शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेल विरुद्ध मुद्धा दायर गरेको हो । 

    यस्तै, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, केन्द्रका निर्देशक सफल श्रेष्ठ, शाखा अधिकृत हरिबल्लब घिमिरे, विष्णुप्रसाद गौतम, खरिद विज्ञ परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ र केशव शर्मा विरुद्ध समेत मुद्दा दायर भएको छ । 

    उनीहरु विरुद्ध अख्तियारले उनीहरूविरुद्ध ३८ करोड बिगो दाबी गरिएको छ । अन्तःशुल्क स्टिकर छपाउन विभागले ६ करोड रूपैयाँ भुक्तानी दिएको कागजातले देखाएको छ । तर, सुरक्षण मुद्रण केन्द्रले आफूले नछाडी निजी क्षेत्रलाई जिम्मा दिएको थियो । 

    केन्द्रकै छापाखाना, उपकरण, जनशक्ति, पानी, बिजुली प्रयोग गरेर निजी क्षेत्र पोस्ने गरी यो काम जिम्मा दिएको अख्तियारको अनुसन्धानले देखाएको छ । यति मात्र होइन, छपाइको दरमा पनि ठूलो अन्तर देखिएको छ ।

    जनक शिक्षा सामग्री केन्द्रले ३४ पैसा प्रतिस्टिकरका दरले छाप्न सक्नेमा सुरक्षण मुद्रण केन्द्रले सुरूमा ९१ पैसा र पछि ८९ पैसामा सम्झौता गरेको देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend