काठमाडौँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै सरकारका मुुख्यसचिव डा बैकुष्ठ अर्याल स्वत निलम्बनमा परेका छन् ।
आयोगले उनिसहित १२ जना विरुद्ध आइतबार विशेष अदातमा अन्तःशुल्कको स्टिकर खरिदमा भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्धा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेसँगै बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो सम्भवतः पहिलो घटना हो । उनी निलम्बनमा परेसँगै जेष्ठताका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निमित्तको जिम्मेवारी सचिव लिलादेवी गडतौलालाई दिनसक्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव हुन् ।
कायम मुकायम मुख्य सचिव नियुक्तका लागि भने हाल रहेका सचिव मध्येबाट वरिष्ठ सचिवलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।
याे पनि

