२०८३, आश्विन २० गते

images
  • समाचार
  • ए डिभिजन लिग स्थगित गर्ने निर्णयविरुद्ध...

ए डिभिजन लिग स्थगित गर्ने निर्णयविरुद्ध खेलाडीहरूको आक्रोश

ए डिभिजन लिग स्थगित गर्ने निर्णयविरुद्ध खेलाडीहरूको आक्रोश

बिहिवार, कार्तिक २० २०८२१२:०३
बिहिवार, कार्तिक २० २०८२१२:०३
  • images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय सातदोबाटोमा बिहीबार खेलाडीहरूले विरोध प्रदर्शन गरेका छन्। एन्फाले यस वर्ष ए डिभिजन लिग नगरी अर्को वर्ष मात्र गर्ने निर्णय गरेपछि खेलाडीहरू सडकमा उत्रिएका हुन्।

    Protest-ANFa-8.jpg

    नेपाल फुटबल खेलाडी संघको आयोजनामा भएको प्रदर्शनमा खेलाडीहरूलाई फुटबल समर्थकहरूले पनि साथ दिएका थिए। खेलाडीहरूले आफ्नो “खेल्ने हक” खोसिएको भन्दै असन्तुष्टि जनाए। संघले पटक–पटक लिग स्थगित नगर्न आग्रह गरे पनि एन्फाले बेवास्ता गरेपछि आफूहरू प्रदर्शन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

    प्रदर्शन सुरु भएपछि एन्फा मुख्यालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। एन्फाको गेट बन्द गरिएको छ र कार्यालय परिसरभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

    Protest-ANFa-4.jpgएन्फाले यसअघि पुस महिनामा राष्ट्रिय लिग आयोजना गर्ने र अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो। तर सो निर्णयप्रति खेलाडीहरू असन्तुष्ट देखिएका छन् र तत्काल लिग सञ्चालनको माग गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend