२०८३, आश्विन २१ गते

images

चालू आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ : गभर्नर

चालू आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ : गभर्नर

आइतवार, भाद्र १६ २०८१०३:२१
आइतवार, भाद्र १६ २०८१०३:२१
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताएका छन्। 

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

    ‘बाह्य क्षेत्र सहज हुँदै गएको छ। मुद्रास्फीति घटेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ,’ गभर्नर अधिकारीले भने, ‘अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ।’

    उनले चालू आर्थिक वर्षबाट अर्थतन्त्र नयाँ ढंगले थप चलयमान हुने विश्वास व्यक्त गरे। ‘चालू आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ। हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रूपमा समाधान गर्दै जानेछौँ,’ उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend