२०८३, आश्विन २० गते

images
  • समाचार
  • राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा...

राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन हुँदै

राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन हुँदै

सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२०२:१९
सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२०२:१९
  • images

    काठमाडौं । राष्ट्रिय सभाको बैठकका लागि करिब ३० लाख रुपैयाँमा हल व्यवस्थापन गर्ने तयारी गरिएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई बैठक स्थलका रूपमा प्रयोग गर्न लागिएको हो।

    अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा जानकारी दिँदै भने, “आन्तरिक काम सुरु भइसकेको छ। हल व्यवस्थापनको लागि करिब ३० लाखको एस्टिमेट गरिएको छ।”

    हाल स्थायी हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न नसकेको उनले बताए। उनका अनुसार हल व्यवस्थापनको काम पूरा भएपछि अधिवेशन बोलाउने तयारी भइरहेको छ।

    अध्यक्ष दाहालले आगामी मंसिर दोस्रो साता अधिवेशन बोलाउन सकिने सुझाव प्रधानमन्त्री सुशीला कार्कीलाई दिएको बताए। “मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिइएको छ,” उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend