२०८३, आश्विन २१ गते

images

ईयू र युनिसेफको ३ अर्ब ६७ करोड अनुदान स्वीकृत

ईयू र युनिसेफको ३ अर्ब ६७ करोड अनुदान स्वीकृत

सीएनएन खबर
आइतवार, भाद्र १६ २०८१०७:२९
सीएनएन खबर
आइतवार, भाद्र १६ २०८१०७:२९
  • images

    काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचीकृत गर्ने भएको छ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्‍का निर्णयह आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड ४७ लाख) अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको बता ।

    मन्त्री गुरुङले ज्यान मार्ने उद्योग मुद्दाको पीडित विन्दवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरएको बताए ।

    प्रवक्ता गुरुङले एकनारायण अर्याललाई मुख्यसचिव र दिनेश दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको पनि जानकारी दिए । उनले जर्मनी सरकारबाट पावर डिस्टिव्युसन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    यस्तै २०८१ भदौ २४ देखि २८ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेसन (एएएलसीओ)को ६२ औं वार्षिकोत्सवमा सहभागिताको लागि सरकारले कानून, न्याय तथा संघीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

    त्यस्तै सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेसलन फाउण्डेसन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend