२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अर्थ मन्त्रालय र धितोपत्र बोर्डका कर्मचारीबीच...

अर्थ मन्त्रालय र धितोपत्र बोर्डका कर्मचारीबीच सहमति, आजैदेखि काममा फर्किने

अर्थ मन्त्रालय र धितोपत्र बोर्डका कर्मचारीबीच सहमति, आजैदेखि काममा फर्किने

आइतवार, कार्तिक २३ २०८२०२:३४
आइतवार, कार्तिक २३ २०८२०२:३४
  • images

    काठमाडौँ । विगत ४८ दिनदेखि चरणबद्ध आन्दोलनामा रहेका नेपाल धितोपत्र बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति भएको छ । आइतबार मन्त्रालयमा बसेको बैठकले कात्तिक मसान्तभित्र कर्मचारीहरूको माग पूरा गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए । 

    उनले भने, ‘हामीले राखेको माग कात्तिक मसान्तसम्म पूरा गर्ने सहमति भएसँगै काममा फर्किन तयार भएका हौँ । तथापि, सबै आन्दोलनका कार्यक्रम फिर्ता हुँदैनन् । ८–१० दिनको समयसम्म ‘पेन डाउन’ कार्यक्रम फिर्ता लिने तर बोर्डमा चलिरहेको निरन्तरको धर्ना कार्यक्रम भने जारी राखिनेछ ।’

    कर्मचारीको सेवा सुविधा र बोर्डको स्वायतताको मुद्दालाई लिएर आन्दोलित भएका कर्मचारीहरूले यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आइतबार मन्त्रालयसँग कात्तिक मसान्तसम्ममा समस्याको समाधान गरिसक्ने सहमति भएको र यसलाई लिखित रूपमै गर्न लागिएको अध्यक्ष ढुंगानाले जानकारी दिए । 

    यस लगत्तै धितोपत्र बोर्डका कर्मचारीहरू नियमित काममा फर्किने पनि उनले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend