काठमाडौँ । अन्तःशुल्कको स्टिकर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेसँगै बहालवाला ९ जना कर्मचारी स्वत निलम्बनमा परेका छन् ।
आयोगले उनिसहित १२ जना विरुद्ध आइतबार विशेष अदातमा अन्तःशुल्कको स्टिकर खरिदमा भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्धा दायर गरेको हो ।
उक्त मुद्धा दायर भएसँगै मुख्यसचिव डा. बैकुष्ठ अर्याल, सहसचिव रितेशकुमार शाक्यदेखि शाखा अधिकृतसम्मका ९ जना कर्मचारीहरु निलम्बनमा परेका हुन् ।
जसमा आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक एंव हाल भन्सार विभागको उपमहानिर्देशक पदमा कार्यरत टंक प्रसाद पाण्डेय, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकास पौडेल (उनी विरुद्ध यसअघि नै भ्रष्टाचार मुद्धा दायर भैसकेको छ), आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेश बिक्रम शाही, तत्कालिन शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ, केन्द्रका शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत विष्णु प्रसाद गौतम र कोषकै तत्कालीन खरद विज्ञ शक्ति प्रसाद श्रेष्ठ स्वत निलम्बनमा परेका हुन् ।
उनीहरु विरुद्ध अख्तियारले उनीहरूविरुद्ध ३८ करोड बिगो दाबी गरिएको छ । अन्तःशुल्क स्टिकर छपाउन विभागले ६ करोड रूपैयाँ भुक्तानी दिएको कागजातले देखाएको छ । तर, सुरक्षण मुद्रण केन्द्रले आफूले नछाडी निजी क्षेत्रलाई जिम्मा दिएको थियो ।
याे पनि :
मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मुख्यमन्त्री अर्याल निलम्बित, कसले सम्हाल्छ कर्मचारीको नेतृत्व ?

