२०८३, आश्विन २१ गते

images

थप १ अर्ब तिरेपछि ५ वर्षका लागि नवीकरण भयो एनसेलको लाइसेन्स

थप १ अर्ब तिरेपछि ५ वर्षका लागि नवीकरण भयो एनसेलको लाइसेन्स

आइतवार, भाद्र १६ २०८११०:५०
आइतवार, भाद्र १६ २०८११०:५०
  • images

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक एनसेलको लाइसेन्स ५ वर्षका लागि नवीकरण गरेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताबापत पाँच अर्ब रुपैयाँ भुक्तानी गरेपछि एनसेलको लाइसेन्स नवीकरण गरेको हो । 

    यसअघि १४ जेठमा चार अर्ब रुपैयाँ बुझाएको एनसेलले थप एक अर्ब रुपैयाँ तिरेपछि लाइसेन्स नवीकरण भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । योसँगै एनसेललाई आइतबार  नवीकरण पत्र दिइएको उनले बताए । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क ब्याजसहित चार किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो । अब एनसेलले २०८४ भित्र बाँकी १५ अर्ब रुपैयाँ तीन किस्तामा पाँचरपाँच अर्बका दरले तिर्नुपर्ने छ । त्यस्तै प्रत्येक वर्ष बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर लाग्नेछ ।

    प्रवक्ता पौडेलका अनुसार एनसेलले चाहेको खण्डमा किस्ता रकम समय अगाडि नै तिर्न सक्नेछ । 

    यही १५ भदौमा एनसेलको जीएसएम मोबाइल लाइसेन्सको अवधि २० वर्ष पूरा भएको थियो । त्यस अगावै कम्पनीले किस्ताबन्दीमा शुल्क तिर्न पाउने गरी लाइसेन्स नवीकरण गरिदिन अनुरोध गर्दै आएको थियो । सोही बमोजिम सरकारले एनसेललाई चार किस्तामा ब्याजसहित नवीकरण दस्तुर तिर्ने सुविधा दिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend