२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाडा अटो शोमा एमटी बाईक र...

नाडा अटो शोमा एमटी बाईक र जीहोको स्कुटर बिक्री उत्साहजनक

नाडा अटो शोमा एमटी बाईक र जीहोको स्कुटर बिक्री उत्साहजनक

सीएनएन खबर
सोमवार, भाद्र १७ २०८१०८:१८
सीएनएन खबर
सोमवार, भाद्र १७ २०८१०८:१८
  • images

    काठमाडौँ । आइतबार समापन भएको नाडा अटो शोमा ५१ वटा एमटी बाइकको बुकिङ भएको छ । एड्भेन्चर टुरिङ अनुभवीलाई लक्षित गर्दै कम्पनीले पहिलो पटक नेपाल ल्याएको उक्त बाइक अटो शोको मुख्य आकर्षण बनेको थियो । 

    चिनियाँ कम्पनी सीएफ मोटोको नेपालका लागि आधिकारित बिक्रेता ऋषि टेड्रले पहिलो पटक अटो शो लाई लक्षित गरेर ४५० सीसी क्षमताको एमटी बाइक नेपाल ल्याएको थिया । 

    ६ दिन सञ्चालित उक्त शोमा एमटी बाइक सँगै एनके २५० मोडलको २५ थान बाइकको समेत बुकिङ भएको छ । कम्पनीले उक्त बाइकको मूल्य १२ लाख ४९ हजार ९ सय रुपैयाँ राखेको छ । ४९९.५ सीसीको को बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ४४ हर्सपावर ९५०० एचपीएम मा र ४४ एमएमको टर्क ७६०० आरपीएम दिन्छ । 

    शहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग, ४५० मिटरले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको छ ।

    यस्तै, अटो शोमा नै एक सयभन्दा बढी जीहो ब्राण्डको विद्युतीय स्कुटर बुकिङ भएको छ । कम्पनीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार अटो शो मा मात्रै ३६ थान विद्युतीय स्कुटर डेलिभरी गरिएको छ । अटो शो सकिए लगतै बाँकी डेलिभरीको काम पुनःसुचारु हुने उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend