काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदको पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ । सरकारले पर्यटन सचिवको नेतृत्वमा गठन गरेको छनौट तथा सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्न लागिएको महाप्रवन्धकमा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिन आग्रह गरिएको छ ।
आवेदन फारम उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध रहेको समितिले जनाएको छ।

