२०८३, आश्विन २० गते

images

अमेरिकामा अर्का नेपाली मृत भेटिए

अमेरिकामा अर्का नेपाली मृत भेटिए

सोमवार, भाद्र १७ २०८११०:३९
सोमवार, भाद्र १७ २०८११०:३९
  • images

    काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय  शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरूले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ।

    प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्।  उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ।

    यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend