२०८३, आश्विन २१ गते

images

बढे विदेशी पर्यटक

बढे विदेशी पर्यटक

सोमवार, भाद्र १७ २०८१०२:५१
सोमवार, भाद्र १७ २०८१०२:५१
  • images

    काठमाडौं । सन् २०२४ को अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

    सन् २०२३ को अगस्तमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगस्तमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।

    बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend