२०८३, आश्विन १९ गते

images
  • समाचार
  • दुवै सदनको बैठक बस्दै, यस्तो छ...

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

सीएनएन खबर
सोमवार, आषाढ १० २०८१०८:००
सीएनएन खबर
सोमवार, आषाढ १० २०८१०८:००
  • images

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  

    उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । 

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित गरियोस् भनि सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यासूची पनि रहेको छ ।  यस्तै, आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूचीले निरन्तरता पाउने छ ।  

    विनियोजन विधेयक, २०८१ अन्तर्गत अर्थ–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन–संघीय मामिला तथा सामान्य प्रशासन–उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि छ । 

    स्वास्थ्य तथा जनसंख्यामन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदले गरेको प्रश्नको जवाफ दिनेछन् । यसैगरी  गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको विभागीय मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  

    यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि आज दुई वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’’ राष्ट्रिय सभामा पेश गर्दैछिन् । यस्तै, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले ‘‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend