काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा नेपालकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने भएको छ। वायुसेवा निगमका प्रवक्ता अनिल घिमिरेले एक सूचना गरी गर्दै यसबारे जानकारी दिएक हो।
यसअघि भारतको विमानस्थललाई आधार बनाएर विमान डाइर्भट हुँदै आएको थियो। मंसिर ३ गतेदेखि लागू हुने गरी कुनै कारणले नेपाल वायुसेवा निगमको डाइर्भट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
यसरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक एरपोर्ट बनाउँदा खर्च कटौती भई समयको बचत हुने निगमले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय भएको जनाएको छ।

