२०८३, आश्विन २१ गते

images

आजदेखि पोखरा जोमसोम उडान सुरु गर्दै तारा एयर, लुक्लामा कहिले ?

आजदेखि पोखरा जोमसोम उडान सुरु गर्दै तारा एयर, लुक्लामा कहिले ?

मंगलवार, भाद्र १८ २०८१०७:४६
मंगलवार, भाद्र १८ २०८१०७:४६
  • images

    काठमाडौं । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोम को नियमित उडान तारा एयरले मंगलबारदेखि नियमित गर्ने भएको छ । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको छ ।

    जोमसोम को नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालकालागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्टबाटै संचालन हुनेछ । 

    मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । 

    यसैगरी, पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्बजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन  । 

    यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले  रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरि डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एअरले दिएको छ ।

    ताराले रामेछाप देखी लुक्लाको साथै काठमाडौं देखी लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिंदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend