काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी परिवर्तन भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बुधबारदेखि लागुहुने गरी जिम्मेवारी हेरफेर गरेका हुन् ।
बैंकले अनुसार बुधबारदेखि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई सूचना अधिकारी र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्कालाई जिम्मेवारी दिईएको हो ।
प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस्तै, बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी कमल खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा gunaso@nicasiabank.com इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

