काठमाडौँ । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ ।
बैंकको आधिकारिक वेबसाइटमा ‘माया’को आइकन देख्न सकिन्छ र यसैमार्फत ग्राहकहरुले आफ्नो जिज्ञासा च्याटमार्फत राख्न सक्छन् ।
ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो । नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले ‘माया’ प्रविधिको विकास गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ‘माया’को सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष तथा ग्राहकअनुकूल बैंकिङ अनुभव सिर्जना गर्दै स्मार्ट बैंक बन्ने बैंकको दृष्टिकोणलाई समेत थप सहयोग गर्नेछ । साथै, ग्राहकका जिज्ञासाहरूलाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘माया’को क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार तथा परिष्कृत गर्दै लगिनेछ ।
ग्राहकबाट प्राप्त हुने सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा यसको शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गर्दै लगिने बैंकले जनाएको छ ।

