२०८३, आश्विन २० गते

images
  • राजनीति
  • आक्रमणको प्रयासपछि महेश बस्नेतले भने, –...

आक्रमणको प्रयासपछि महेश बस्नेतले भने, – विरोधको पनि मर्यादा हुन्छ

आक्रमणको प्रयासपछि महेश बस्नेतले भने, – विरोधको पनि मर्यादा हुन्छ

आइतवार, मंसिर ७ २०८२०१:०२
आइतवार, मंसिर ७ २०८२०१:०२
  • images

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थलमा आफूलाई लक्षित गरी गरिएको रातो मसी छ्याप्ने प्रयासलाई गम्भीर र निन्दनीय भनेका छन्। सुनसरी कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका बेला केही युवाले रातो मसी मिसाइएको पदार्थ छ्याप्ने प्रयास गरेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

    बस्नेतले लोकतन्त्रमा विरोधको पनि स्पष्ट मर्यादा हुने उल्लेख गर्दै आक्रमणजन्य हर्कत स्वीकार्य नहुने बताए। उनका अनुसार शान्तिपूर्ण सभा–जुलुस र स्वतन्त्र आवत–जावत गर्न पाउनु प्रत्येक नागरिकको अधिकार हो, तर हिंसात्मक गतिविधिले लोकतान्त्रिक संस्कार कमजोर बनाउँछ।

    उक्त घटनापछि प्रहरीले तत्काल हस्तक्षेप गरेको भन्दै बस्नेतले प्रहरीको तत्परता प्रति धन्यवाद प्रकट गरेका छन्। उनले हिंसाको मार्ग होइन, विचार, संवाद र लोकतान्त्रिक अभ्यासबाटै देश अगाडि बढ्ने टिप्पणी गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend