२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय...

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटबारे छलफल

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटबारे छलफल

शनिवार, आश्विन १७ २०८३१०:२८
शनिवार, आश्विन १७ २०८३१०:२८
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा हुँदैछ । 

    पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुने भएको छ ।

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश सङ्गठनको ‘अडिट’ प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend