काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका सभापति प्रदिप विष्टले पार्टी छोडेका छन् । उनले बागमती प्रदेश समितिलाई लिखित राजीनामा बुझाउँदै पार्टी छाडेको घोाषणा गरेका हुन् । राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर जानकारीसमेत गराएका छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डु –१० बाट उम्मेदवार बनेका उनले ८ हजार ७३९ मत ल्याएका थिए । पछिल्लो समय नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्ट रहेका उनले आगामी राजनीतिबारे भने केही खुलाएका छैनन् । उनको राजीनामा प्रदेश समितिले स्वीकृत गर्न बाँकी रहेको बताइन्छ ।

