२०८३, आश्विन २० गते

images

राष्ट्र बैंक गर्‍यो दुई मनी ट्रान्सफरको इजाजतपत्र रद्द

राष्ट्र बैंक गर्‍यो दुई मनी ट्रान्सफरको इजाजतपत्र रद्द

आइतवार, मंसिर ७ २०८२०३:४६
आइतवार, मंसिर ७ २०८२०३:४६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगरेका दुई मनी ट्रान्सफर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकले लर्ड बुद्ध मनी एक्सचेञ्ज र सुपा मनी एक्सचेञ्जको इजाजतपत्र रद्द गरेको हो।

    वैदेशिक विनिमय व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनामा कम्पनीहरूले म्याद सकिएको तीन महिनाभित्र नवीकरणका लागि अनुरोध पेश नगरेपछि उनीहरूको इजाजतपत्र खारेज गरिएको उल्लेख छ।

    राष्ट्र बैंकका अनुसार ‘मनी ट्रान्सफर इजाजतपत्र तथा नियमन विनियमावली, २०७७’ को दफा ९९(३) बमोजिम कारबाही गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend