२०८३, आश्विन २० गते

images

जेनजी विद्रोह विदेशीका कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्तिः सुदन किराँती

जेनजी विद्रोह विदेशीका कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्तिः सुदन किराँती

आइतवार, मंसिर ७ २०८२०४:१८
आइतवार, मंसिर ७ २०८२०४:१८
  • images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीका कारणले भएको भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन् । 

    आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उनले‍ जेनजी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गरे ।

    'आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ?' नेता किराँतीको प्रश्न छ । २० वर्षदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको उनले बताए ।

    उनले थैली बन्दिलो नबाँध्ने र साथीलाई चोर दोष लगाउने काम नगर्न चेतावनी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend