काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच जारी खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पहिले फिल्डिङ रोजेपछि लुम्बिनीलाई ब्याटिङको मौका मिळेको हो। अघिल्लो खेलको तुलनामा लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ।
विदेशी खेलाडी जोनाथन स्मिथको स्थानमा थोमस ड्राका आजको सुरुवाती ११ मा सामेल भएका छन्। सुदूरपश्चिमले भने अघिल्लो खेलमै खेलेको टोलीलाई नै जसको तसो निरन्तरता दिएको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ, किनकि दुवैले लिगमा आफ्नो स्थिति मजबुत बनाउने लक्ष्य राखेका छन्।
सुदूरपश्चिम रोयल्सको टोली:
दीपेन्द्रसिंह ऐरी ९कप्तान०, आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलाइन, जोस ब्राउन, हरमित सिंह
लुम्बिनी लायन्सको टोली:
रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि–आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नइब, रुवेन ट्रम्पलम्यान, थोमस ड्राका

