काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकलाई मोरङको पारस अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट हुने भएको छ । बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेसँगै ग्राहकले उक्त छुट पाउने भएका हुन् ।
सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका थिए ।

