२०८३, आश्विन २० गते

images

प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित

प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित

आइतवार, मंसिर १४ २०८२०१:०६
आइतवार, मंसिर १४ २०८२०१:०६
  • images

    काठमाडौं । नेकपा (एमाले) को ११‍औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने उद्देश्यले अर्घाखाँचीमा सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन्।

    निर्वाचन कमिटीका अनुसार कुल ३ हजार ६५० मतमध्ये पुरुष खुला तर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित उच्च मत ल्याएर विजयी बने। घिमिरे १ हजार ९८० मतले पछि परेका छन्।

    यसै समूहमा वसन्तकुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोख्रेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मत ल्याई निर्वाचित भएका छन्।

    त्यसैगरी प्रेमनारायण गैरे १ हजार २६५, रामजीप्रसाद घिमिरे १ हजार २०७ र श्रीकृष्ण भुसाल १ हजार ८८ मत पाई पराजित भएका छन्।

    महिला खुला तर्फ दिपा आचार्य ३ हजार ३७ मतसहित अग्रस्थानमा रहिन्। विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुषमा श्रेष्ठ २ हजार ८६३ मतसहित निर्वाचित भए। गीता भाट क्षेत्री १ हजार ११८ मतसहित पराजित भइन्।

    युवा खुला तर्फ तेजबहादुर रायमाझी र दलित तर्फ लीलबहादुर बिक तथा आशा परियार निर्विरोध रूपमा चयन भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend