२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • लमजुङबाट एमाले महाधिवेशन प्रतिनिधि चयन: युवा...

लमजुङबाट एमाले महाधिवेशन प्रतिनिधि चयन: युवा नेता जुन तामाङ ‘म्यान अफ दि इलेक्सन’

लमजुङबाट एमाले महाधिवेशन प्रतिनिधि चयन: युवा नेता जुन तामाङ ‘म्यान अफ दि इलेक्सन’

सीएनएन खबर
सोमवार, मंसिर १५ २०८२०३:४८
सीएनएन खबर
सोमवार, मंसिर १५ २०८२०३:४८
  • images

    नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएसँगै लमजुङबाट पनि महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन्। हालै जेन-जीका नाममा भएका विध्वंसात्मक गतिविधि र एमालेमाथि देखिएका आन्तरिक तथा बाह्य हस्तक्षेपका बाबजुद एमालेले लोकतान्त्रिक पद्धतिबाट प्रतिनिधि चयन गरेको छ। यस महाधिवेशनमा पुस्तान्तरणको माग र युवाहरूको आवाज सम्बोधन गर्ने उद्देश्यले पार्टीले ४० वर्षमुनिका युवाहरूका लागि दिएको कोटामा एमालेका ऊर्जाशील युवा नेता जुन तामाङ सर्वाधिक लोकप्रिय मतसहित विजयी भएका छन्। तामाङले युवा कोटामा निकटतम प्रतिद्वन्द्वी राजेन्द्र अधिकारीलाई ९९५ मतको फराकिलो अन्तरले पराजित गर्दै 'म्यान अफ दि इलेक्सन' बनेका छन्।

     

    अनेरास्ववियुबाट लामो राजनीतिक यात्रा सुरु गरेका तामाङ हाल जिल्लाको जनसङ्गठन प्रमुखको जिम्मेवारी सम्हालेका छन्। उनी शैक्षिक, बौद्धिक र वैचारिक हिसाबले अब्बल नेताको छवि बनाएका छन्। उनी निकट भविष्यमा हुने महाधिवेशनमा केन्द्रीय सदस्य मा उम्मेदवारी दिने सम्भावना रहेको छ, जसले पार्टीभित्र पुस्तान्तरणको मागलाई थप बल पुर्‍याउने देखिन्छ। उनको फराकिलो मतान्तरको जितले लमजुङका युवा वर्गमाझ उनको बलियो प्रभाव रहेको पुष्टि गर्दछ।

     

    जुन तामाङसँगै लमजुङबाट अन्य वरिष्ठ तथा सक्रिय नेताहरू पनि महाधिवेशन प्रतिनिधिको रूपमा छनोट भएका छन्। खुलातर्फ पूर्व सचिव सुभाष पौडेल, पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य युवराज अधिकारी र वर्तमान जिल्ला अध्यक्ष राजकुमार विष्ट निर्वाचित भएका छन्। त्यसैगरी महिलातर्फ बेसीसहर न.पा. उपमेयर पदमा गुरुङ, गण्डकी प्रदेश सांसद यशोदा रिमाल र अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मी देवी अधिकारी तथा दलिततर्फ हिरालाल विक र नन्दराम विक गरी जम्मा दस जना महाधिवेशन प्रतिनिधिको रूपमा छनोट भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend