२०८३, आश्विन २० गते

images

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

सीएनएन खबर
सोमवार, मंसिर १५ २०८२०४:४८
सीएनएन खबर
सोमवार, मंसिर १५ २०८२०४:४८
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको १०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । 

    विकास बैंकको १८ औँ वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।

    उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुनेछ । 

    नेपाल राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद शेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend