काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनीको रूपमा उभिएको एनभीडीयाले स्वचालित कारको भविष्यलाई आमूल परिवर्तन गर्ने नयाँ ‘तर्क–आधारित’ एआई प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले सोमबार ‘अल्मायो–च्ज्ञ’ नामक खुला स्रोत (ओपन–सोर्स) सफ्टवेयर सार्वजनिक गर्दै स्वचालित सवारीसाधन विकासको दिगो यात्रामा नयाँ चरणको सुरुवात गरेको घोषणा गरेको हो।
‘भिजन–ल्याङ्गुएज–एक्सन’ मोडेलका रूपमा विकास गरिएको यो सफ्टवेयरले कारका सेन्सरहरूले देखेको दृश्यलाई प्राकृतिक भाषामा वर्णनमा रूपान्तरण गर्छ। यसले सवारीको निर्णय प्रक्रियालाई ‘थिंक–अलाउड’ अर्थात् कारले आफै के देख्यो, किन मार्ग परिवर्तन गर्यो भन्ने कुरा वास्तविक समयमै ‘बोलेर’ बताइदिने क्षमता प्रदान गर्छ।
अघिल्ला स्वचालित ड्राइभिङ प्रणालीहरूले निर्णयका पछाडिका कारणहरू स्पष्ट रूपमा व्याख्या गर्न नसक्दा इन्जिनियर र अनुसन्धानकर्तालाई समस्याको पहिचान गर्न कठिन हुने गर्थ्यो। तर एनभीडीयाको नयाँ मोडेलले कारको सोच्ने तरिका उपयोगकर्तालाई प्रत्यक्ष रूपमा बुझ्न सकिने बनाएको छ।
उदाहरणका लागि ,यदि कारले साइकल लेन देख्यो भने यो मोडेल आफैसँग भन्छ, “सामु साइकल लेन छ, त्यसैले म आफ्नो मार्ग दायाँतर्फ समायोजन गर्दैछु।” यसले निर्णय प्रक्रिया पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने एनभीडीयाको दाबी छ।
पेरुको कठिन आरोहणका लागि चिनिने ‘Almayo’ नामबाट प्रेरित यो मोडेल कठिन, गतिशील र जटिल सडक सन्दर्भहरूलाई बुझेर निर्णय लिन सक्षम रहेको एनभीडीयाले जनाएको छ।
“यो मोडेललाई खुला स्रोत बनाउनुका कारण विकासकर्ता, अनुसन्धानकर्ता र उद्योगका सबै साझेदारहरूले समान मानकका आधारमा मूल्यांकन गर्न सकोस्,” भन्नु हो । स्वचालित सवारीसाधन सिमुलेशन विभागकी प्रोडक्ट मार्केटिङ म्यानेजर केटी वासाबघले रोयटरसँग बताइन्।
एनभीडीयाले हार्डवेयरमा जति प्रभाव जमाएको छ, अहिले सफ्टवेयरमा पनि खुला स्रोत एआई मोडेल सार्वजनिक गर्दै शक्तिशाली अनुसन्धान निकायको रूपमा उभिन खोजिरहेको बताउँदै आएका छन्। यसको मोडेलहरू पलान्टिरलगायत ठूला टेक कम्पनीहरूले समेत अपनाइरहेको उल्लेख छ।

