२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मंगलवार, मंसिर १६ २०८२०४:०१
मंगलवार, मंसिर १६ २०८२०४:०१
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएसँगै बैंकका ग्राहकले २० प्रतिशतसम्म घुट पाउने भएका हुन् ।

    सो सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
      
    यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । इएन्टी एण्ड जनरल सर्भिस अन्तरगत ओपिडी मा २० प्रतिशत, इन्भेष्टिकेटमा १० प्रशित, आखाँ उपचार गर्दा ओपिडी जनरलमा २० प्रशित, अपरेशन चार्ज, सर्जिकल उपकरण तथा इन्भेष्टीकेटमा ५ प्रतिशत, लेबरोटीमा १० प्रतिशत र अपडिकल उपकरणमा ७।५ प्रतिशत छुट सुविधा पाउनेछन् ।

    सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend