काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतबाट २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश आएपछि बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
सत्तापक्षका सांसद नै अनुपस्थित भएपछि विश्वासको मत नपाउने अवस्था देखिएपछि उनले पद छोडेका हुन्। यादव कात्तिक २३ गते संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री बनेका थिए, तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशकै सात दल सर्वोच्च अदालत पुगेका थिए।

