२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मधेशमा नयाँ सरकार गठनका लागि आज...

मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

शुक्रवार, मंसिर १९ २०८२१०:४०
शुक्रवार, मंसिर १९ २०८२१०:४०
  • images

    काठमाडौं । मधेश प्रदेशका राजनीतिक दलहरूले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले आज साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएपछि दलहरुले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

    नयाँ मुख्यमन्त्रीको लागि ७ दलले दाबी पेश गर्ने तयारी गरेका छन् । हिजो एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् ।

    नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

    गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । 

    यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend