२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्धारित मितिमैनै प्रतिनिधिसभा निर्वाचन हुन्छ :...

निर्धारित मितिमैनै प्रतिनिधिसभा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

निर्धारित मितिमैनै प्रतिनिधिसभा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

आइतवार, मंसिर २१ २०८२०१:०९
आइतवार, मंसिर २१ २०८२०१:०९
  • images

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा बोल्दै उनले निर्वाचन सार्ने कुनै योजना नभएको र समयमै चुनाव सम्पन्न गरिने बताए।

    उनका अनुसार भ्रष्टाचार बढ्नका पछाडि राज्यका शक्तिशाली व्यक्तिहरुको भूमिका रहँदै आएको छ। “भ्रष्टाचार अत्यन्त बढ्यो, शक्तिशाली व्यक्तिहरुले नै यसलाई बढावा दिए, त्यसको अन्त्य हुनुपर्छ,” अर्थमन्त्री खनालले भने, “सेवा प्रवाह पारदर्शी हुनु पर्ने हाम्रो माग थियो, कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चित दिशामा लैजानु हो।”

    उनले समयमा निर्वाचन नहुँदा राज्यका विभिन्न क्रियाकलापमा नकारात्मक प्रभाव पर्ने बताउँदै, “कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ, यसका लागि सकारात्मक वातावरण बनाउनु आवश्यक छ,” भन्दै सरकार त्यसका लागि सक्रिय रहेको स्पष्ट गरे।

    अर्थमन्त्री खनालले निर्वाचन सुरक्षित, भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्न सबै दल र आम नागरिकको सहमति आवश्यक रहेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय जगतमा लोकतान्त्रिक अभ्यासको सकारात्मक छवि कायम राख्न समयमै निर्वाचन गरिनु जरुरी रहेको बताए।

    उनका अनुसार नेपालले अहिले अन्तर्राष्ट्रिय समुदायबाट राम्रो मूल्यांकन पाएको छ र त्यसलाई जोगाउन सरकार जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता छ। “सरकारको छवि सुधार गर्न आगामी दिनमा सुधारका काम अघि बढाउनु पर्ने छ,” उनले जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend