२०८३, आश्विन २० गते

images

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण

सीएनएन खबर
आइतवार, मंसिर २१ २०८२०५:४१
सीएनएन खबर
आइतवार, मंसिर २१ २०८२०५:४१
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा प्रहार भएका चौकाहरूका आधारमा एनसेल फाउन्डेसनले २,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ। क्रिकेटलाई कक्षाकोठासँग र प्रत्येक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने उद्देश्यसहित फाउन्डेसनले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यो सामग्री प्रदान गर्न लागेको हो।

    गत वर्ष एनपीएलसँगको सहकार्यमा शुरू गरिएको यो सामाजिक पहलले यस वर्ष पनि असहज पृष्ठभूमिमा रहेका विद्यार्थीहरूलाई पठन–पाठनमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ। सिजन २ मा हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने फाउन्डेसनले प्रतिबद्धता जनाएको छ।

    बिहीबार (मंसिर १८) सम्मका खेलहरूमा ९० खेलाडीले ५१० चौका प्रहार गरेका छन्, जसका आधारमा २,०४० शैक्षिक सामग्री वितरण हुने निश्चित भएको छ। शीर्ष तीन चौका प्रहारकर्तामा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन्। उनले १०८ शैक्षिक सामग्री सुनिश्चित गरेका छन्। त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहँदै ७६ सामग्री सुनिश्चित गर्न योगदान दिए। काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले समान १७ चौका प्रहार गर्दै ६८–६८ सामग्री सुनिश्चित गरेका छन्।

    फाउन्डेसनका अनुसार विद्यार्थीहरूलाई प्रदान गरिने किटमा झोला, कपी, पेन्सिल, इरेजर, शार्पनरलगायत नियमित अध्ययनमा आवश्यक पर्ने सामग्रीहरू समावेश हुनेछन्। यी सामग्रीहरूले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने तथा स्रोत अभाव न्यूनिकरणमा सहयोग पुर्‍याउने विश्वास फाउन्डेसनले व्यक्त गरेको छ।

    एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले चौकाबाट सामाजिक योगदान दिने खेलाडीलाई धन्यवाद दिंदै भनिन्, “गत वर्षदेखि क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यसँग जोड्दै आएका छौं। बाँकी खेलहरू अझ रोमाञ्चक हुनेछन् र यसले शैक्षिक योगदानलाई थप विस्तार गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”

    पहिलो सिजनमा प्रहार भएका ६५३ चौकाबाट २,६१२ शैक्षिक सामग्री वितरणको प्रतिबद्धता जनाएको फाउन्डेसनले अन्ततः ९,००० भन्दा बढी सामग्री विद्यार्थीहरूलाई प्रदान गरेको थियो।

    यस वर्ष पनि सामग्री वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय तथा साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सम्पन्न गरिने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend