२०८३, आश्विन १९ गते

images
  • समाचार
  • जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका आईजीपी अर्यालको...

जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका आईजीपी अर्यालको बयान सुरु

जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका आईजीपी अर्यालको बयान सुरु

मंगलवार, मंसिर २३ २०८२१२:५६
मंगलवार, मंसिर २३ २०८२१२:५६
  • images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको घटनाका बारेमा गठित जाँचबुझ आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालको बयान लिने प्रक्रिया सुरु गरेको छ। आयोगको पत्राचारअनुसार मंगलबार बिहान आईजीपी अर्याल सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएका हुन्।

    यसअघि आयोगले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरूसँग बयान लिएको थियो। आयोगका अनुसार अर्यालको बयानपछि भोलि वा पर्सि नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई उपस्थित गराउने तयारी भइरहेको छ। भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन ठूलो मानविय क्षति भएपछि २४ गते बिहानै कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएका थिए।

    आयोगले यसअघि दुवै सुरक्षाअंगका फिल्ड कमाण्डरहरूको बयानसमेत सकाइसकेको छ। आईजीपी कार्कीको बयानपछि गृहसचिवलाई बोलाउने तयारी रहेको आयोगले जनाएको छ। त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम चरणमा बयानका लागि बोलाइने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए।

    तर पूर्वप्रधानमन्त्री ओलीले भने सार्वजनिक रूपमै आयोगमा उपस्थिति नजनाउने धारणा व्यक्त गरिसकेका छन्। आयोगले ओली, लेखकसहित केही व्यक्तिहरूलाई विदेश भ्रमण तथा काठमाडौँ उपत्यका छाड्नसमेत प्रतिबन्ध लगाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend