२०८३, आश्विन १९ गते

images
  • प्रमुख समाचार
  • सर्वाेच्चको फैसलापछि हितेन्द्रदेव शाक्यले गरे प्राधिकरणमा...

सर्वाेच्चको फैसलापछि हितेन्द्रदेव शाक्यले गरे प्राधिकरणमा पदवहाली

सर्वाेच्चको फैसलापछि हितेन्द्रदेव शाक्यले गरे प्राधिकरणमा पदवहाली

बुधवार, मंसिर २४ २०८२११:२९
बुधवार, मंसिर २४ २०८२११:२९
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका हुन् ।

    गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो । 

    शाक्यलाई हटाउन ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेका थिए । 

    सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको थियो ।

    सर्वोच्चले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहरसमेत गरेको थियो ।

    उनले पदबहाली गर्दै बाकीको कार्यकाल अझ बढी मिहिनेतको साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend