२०८३, मंसिर ७ गते

  • खेलकुद
  • एनपीएल च्याम्पियन सुदूरपश्चिमलाई डेढ करोड, कसले...

एनपीएल च्याम्पियन सुदूरपश्चिमलाई डेढ करोड, कसले कति पुरस्कार पाए ?

एनपीएल च्याम्पियन सुदूरपश्चिमलाई डेढ करोड, कसले कति पुरस्कार पाए ?

images
आइतवार, मंसिर ६ २०८३०७:३७
आइतवार, मंसिर ६ २०८३०७:३७
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। शनिबार सम्पन्न फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।

    प्रतियोगिताको उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पुरस्कार पाएको छ। तेस्रो स्थान हासिल गरेको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गरेका छन्।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद, कार तथा मोटरसाइकलसहित विभिन्न पुरस्कार प्रदान गरिएको छ।

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले प्रतियोगितामा २१८ रन बनाउनुका साथै ६ विकेट लिएका थिए। सर्वोत्कृष्ट खेलाडी बनेका ऐरीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

    चितवन राइनोजका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिँदै गोल्डेन क्यापसमेत जिते। सर्वाधिक विकेट लिएको पुरस्कारस्वरूप उनले दुई लाख रुपैयाँ पाए भने उत्कृष्ट बलर घोषित भएपछि मोटरसाइकल पनि प्राप्त गरे। सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका ढकालले करिब ६० लाख रुपैयाँ मूल्यको कार पुरस्कार पाए।

    विराटनगर किंग्सका लोकेश बम प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर घोषित भए। उनले प्रतियोगितामा २४२ रन बनाएका थिए। पुरस्कारस्वरूप उनले मोटरसाइकल प्राप्त गरे।

    जनकपुर बोल्ट्सका राहुल यादव उदयीमान खेलाडी घोषित भए। उनले पनि मोटरसाइकल पुरस्कार पाए।

    चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिसारा ‘रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

    त्यस्तै, युवराज साम्रा ‘प्लाटिनम क्याप’ विजेता बने। प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा उनले दुई लाख रुपैयाँ पुरस्कार पाए।

    प्रतियोगितामा खेल भावना प्रदर्शन गरेको भन्दै लुम्बिनी लायन्सले ‘एमसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड प्राप्त गरेको छ। उक्त अवार्ड लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ग्रहण गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend