काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
टस जितेपछि सुदूरपश्चिमले बलिङ रोज्दा साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
फाइनलका लागि सुदूरपश्चिमले टोलीमा एक परिवर्तन गरेको छ । थरिन्दु रत्नायकेको स्थानमा सैफ जैबलाई पहिलो रोजाइमा समावेश गरिएको छ । लुम्बिनीले भने पहिलो क्वालिफायरमा खेलेकै टोलीलाई निरन्तरता दिएको छ ।
लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको उपाधि जित्ने लक्ष्यमा छ । लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम भने पहिलो पटक च्याम्पियन बन्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोली ऐतिहासिक उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

