२०८३, आश्विन २० गते

images
  • राजनीति
  • विद्या भण्डारी समूहले टुंगो लगायो पदाधिकारी...

विद्या भण्डारी समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, अध्यक्षमा पोखरेल महासचिवमा पाण्डे

विद्या भण्डारी समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, अध्यक्षमा पोखरेल महासचिवमा पाण्डे

सोमवार, मंसिर २९ २०८२१०:१८
सोमवार, मंसिर २९ २०८२१०:१८
  • images

    काठमाडौँ । एमालेको ११ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। एमाले अध्यक्षमा विद्यादेवी भण्डारी समूहबाट अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिँदै छन् ।

    भण्डारी समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरूङ, डा विन्दा पाण्डे र अरूण नेपाल  उम्मेदवार हुने बुझिएको छ । महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी निश्चित भएको छ भने उपमहाचसिवमा योगेश भट्टराईको उम्मेदवारी हुनेछ ।

    त्यस्तै सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे रचना खड्का र इन्द्रलाल सापकोटा उम्मेदवार हुने सम्भावना रहेको छ । सोमबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण र बिहान १० बजेर ३० मिनेटदेखि दिउँसो साढे १ बजेसम्म फाराम दर्ता गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend