२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • ललितपुर महानगर उमेरले मात्र जेठो होइन,...

ललितपुर महानगर उमेरले मात्र जेठो होइन, कलात्मक सम्पदामा पनि जेठो छः प्रधानमन्त्री

ललितपुर महानगर उमेरले मात्र जेठो होइन, कलात्मक सम्पदामा पनि जेठो छः प्रधानमन्त्री

बुधवार, पौष २ २०८२०१:०१
बुधवार, पौष २ २०८२०१:०१
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ललितपुर महानगर उमेरले मात्र जेठो नभएर कलात्मक सम्पदाका पनि जेठो रहेको बताएकी छिन् । बुधबार ललितपुर महानगर स्थापनाको १०७ औँ दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर उमेरले मात्र जेठो छैन, कलात्मक सम्पदाहरुमा पनि जेठो रहेको बताएकी हुन् ।

    ‘खासगरी पाटन आफैँमा नेपाली सभ्यता र सौन्दर्यको जीवित संग्रहालय हो। यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराउँछ। यहाँका पुर्खाहरुले छाडेर जानुभएका सम्पदाहरुमा श्रद्धा, साधना र संस्कृतिका सजीव अभिव्यक्ति छन्। यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँट, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको छ। यहाँका झ्याल, ढोका, टुँडाल, गजुर र तोरणहरुले पुर्खाको सीप र सौन्दर्यचेत बोल्दछन्। यहाँका पौभा र थांकाले देशको सिमानाभन्दा निकै परसम्म मितेरी साइनो गाँसेका छन्’, उनले भनिन । 

    संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको भन्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिईन ।

    अर्काे प्रशंगमा उनले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको स्पष्ट पारिन । 

    आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ। निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ(आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु। मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो’, उनले भनिन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend