२०८३, आश्विन १९ गते

images

स्थगित भयो डीभी चिठ्ठा कार्यक्रम

स्थगित भयो डीभी चिठ्ठा कार्यक्रम

शुक्रवार, पौष ४ २०८२०५:०६
शुक्रवार, पौष ४ २०८२०५:०६
  • images

    काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका ग्रिन कार्ड चिट्ठा कार्यक्रम (डीभी) स्थगित गरेको बताएका छन्। ट्रम्पको निर्णयसँगै प्रत्येक वर्ष नेपालसहितका विभिन्न देशबाट ५५ हजारसम्म आप्रवासी भिसा रोकिनेछन्।

    कम आप्रवासन दर भएका देशका नागरिकलाई स्थायी बसोबासका लागि आवेदन अनुमति दिने डाइभर्सिटी भिसा (डीभी लटरी) अस्थायी रूपमा बन्द गरिएको हो। ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताइसकेको थियो। उक्त घोषणाको एक महिनापछि डीभीमाथि कडाइ गरिएको हो।

    डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटी मन्त्री क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई कार्यक्रम रोक्न भनिएको बताइन्।

    कार्यक्रमले ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितलाई अमेरिका आउन अनुमति दिएको र यस्तो हिंस्रक व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो भनी नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी छन्।

    डीभीमा छनोट भएका आवेदकले स्थायी बसोबासको अनुमति पाउनुअघि शिक्षा वा कार्य अनुभवको आवश्यकताहरू पूरा गर्नुपर्छ र सुरक्षा तथा पृष्ठभूमि जाँच पास गर्नुपर्छ।

    डीभी कार्यक्रममार्फत कयौं नेपाली अमेरिका पुगेका छन्। तर, आगामी वर्षका लागि यो कार्यक्रम बन्द हुने भएपछि नेपाली पनि प्रभावित हुनेछन्।

    सन् २०२५ को डीभीका लागि नेपालसहितका देशका  करिब २ करोड मानिसले आवेदन दिएका थिए। तीमध्ये १ लाख ३१ हजारभन्दा बढी व्यक्ति छनोट भएका थिए। गत महिना ट्रम्प प्रशासनले सन् २०२७ को चक्रका लागि डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend