२०८३, आश्विन २० गते

images

पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन ?

पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन ?

सोमवार, भाद्र २४ २०८११०:४७
सोमवार, भाद्र २४ २०८११०:४७
  • images

    काठमाडौँ । पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको पेट्रोलमा इथालोन मिश्रण सम्बन्धी छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

    ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक हो ? प्रश्न गरे । 

    ‘केही समय अघिसम्म नेपालले ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको किन आवश्यक पर्यो ?’ उनले जिज्ञासा राखे । 

    तथापि, आफुहरु पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) बताउँदै उनले बरु ढुवानी भाडा चाहीँ राम्रो दिन आग्रह गरे । 

    नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समय सम्म पनि कार्यान्वयन नहुँने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे ।

    ‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो । उनले संशय व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend