२०८३, आश्विन १९ गते

images

मधेसको सभामुखमा रामआशिष यादव विजयी

मधेसको सभामुखमा रामआशिष यादव विजयी

सीएनएन खबर
आइतवार, पौष ६ २०८२०४:२८
सीएनएन खबर
आइतवार, पौष ६ २०८२०४:२८
  • images

    काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

    सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका थिए । 

    जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत मात्रै पाए । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएपछि निर्वाचन गर्नुपरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend