२०८३, आश्विन १९ गते

images

अस्पतालमा कुटपिट भएको भिडियो भाइरल : प्रहरी भन्छ,'नेपालको होइन्'

अस्पतालमा कुटपिट भएको भिडियो भाइरल : प्रहरी भन्छ,'नेपालको होइन्'

मंगलवार, पौष ८ २०८२०२:२३
मंगलवार, पौष ८ २०८२०२:२३
  • images

    काठमाडौं । जनकपुरमा अस्पतालमा बिरामी र डाक्टरबीच कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविकता नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट पारेको छ।

    फेसबुकमा ‘वीरेन्द्र भट्ट’ नामको खाताबाट अपलोड गरिएको भिडियो कुनै भारतीय अस्पतालको हुनसक्ने प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले बताए।

    उनले भने,'भिडियोमा हिन्दी भाषा बोलिएको छ, जबकि जनकपुरमा मुख्यतः मैथिली, भोजपुरी र अवधी भाषा बोलिन्छ। भिडियोमा देखिएका व्यक्ति पनि जनकपुरका होइनन्। यदि यस्तो घटना यहाँ भएको भए जिल्ला प्रहरी कार्यालयमा उजुरी आउँथ्यो।'

    हालसम्म जनकपुरका कुनै पनि स्वास्थ्य संस्थामा यस्तो घटना दर्ता नभएको उनले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend