२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्वपक्षीय सरकार गठन नभए आन्दोलनमा उत्रने...

सर्वपक्षीय सरकार गठन नभए आन्दोलनमा उत्रने विप्लवकाे चेतावनी

सर्वपक्षीय सरकार गठन नभए आन्दोलनमा उत्रने विप्लवकाे चेतावनी

बिहिवार, पौष १० २०८२१२:४९
बिहिवार, पौष १० २०८२१२:४९
  • images

    काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सर्वपक्षीय सरकार गठन नभए १० दिनभित्र सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्। बिहीबार नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकमा सम्बोधन गर्दै उनले १३ बुँदे माग सम्बोधन नभए शान्तिपूर्ण आन्दोलन सुरु गर्ने बताउनुभयो। विप्लवले भने, “हामी १० दिन कुर्नेछौँ, यदि बेवास्ता गरियो भने जनता र जेन-जेको समर्थनमा आन्दोलन सुरु गर्नेछौँ।”

    उनले समाजवादी सङ्घीयता पक्षमा रहेर राज्य संरचना पुनःसंरचना गर्नुपर्ने जोड दिएका छन्। अन्तरिम नेतृत्व नेकपा माओवादीलाई दिइए पनि सबै राजनीतिक शक्ति र जनतासँग समन्वय गर्दै राज्यलाई निकास दिने तयारी भएको उनले स्पष्ट पारे।

    विप्लवले राजनीतिक, कानूनी र प्रशासनिक क्षेत्रका अपूर्ण समस्या समाधान गरी देशलाई चुनावतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend