२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बुद्ध एयरको विमान दुर्घटना, महानिर्देशकसहितको प्राविधिक...

बुद्ध एयरको विमान दुर्घटना, महानिर्देशकसहितको प्राविधिक टोली भद्रपुरमा

बुद्ध एयरको विमान दुर्घटना, महानिर्देशकसहितको प्राविधिक टोली भद्रपुरमा

शनिवार, पौष १९ २०८२०१:४८
शनिवार, पौष १९ २०८२०१:४८
  • images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा उच्चस्तरीय प्राविधिक टोली भद्रपुर विमानस्थल पुगेको छ । हिजो काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनापछि आवश्यक निरीक्षण र मर्मतका लागि यो टोली झापा पुगेको एयरलाइन्स हो ।

    कर्णको नेतृत्वमा रहेको उक्त टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूका साथै बुद्ध एयरको प्राविधिक समूह पनि सहभागी छ । टोलीले घटनाको जाँचबुझ तथा जहाजको प्राविधिक व्यवस्थापनका लागि आवश्यक पर्ने उपकरणहरू साथमै लिएर भद्रपुर विमानस्थलमा अवतरण गरेको जनाइएको छ।

    बुद्ध एयरको उडान नम्बर ९०१ को जहाज अवतरणका क्रममा रनवेबाट बाहिर गएको घटनाप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त जहाजमा सवार ५१ जना यात्रुमध्ये केहीलाई सामान्य चोटपटक लागेको थियो । सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend