२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य जिल्ला निर्वाचन...

प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य जिल्ला निर्वाचन अधिकृत नियुक्त(सूचीसहित)

प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य जिल्ला निर्वाचन अधिकृत नियुक्त(सूचीसहित)

आइतवार, पौष २० २०८२०७:४९
आइतवार, पौष २० २०८२०७:४९
  • images

     

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ। निर्वाचन आयोगको बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका उपसचिव तहका कर्मचारी गरी कुल १६५ जनालाई मुख्य जिल्ला निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसबारे जानकारी दिनुभयो।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो। उक्त ऐनअनुसार संविधान, ऐन तथा संघीय कानुनबमोजिम निर्वाचनसम्बन्धी कार्य सम्पादन गर्न वा गराउन आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था रहेको छ।

    आयोगका अनुसार नियुक्त अधिकृतहरूले निर्वाचनको सम्पूर्ण तयारी, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend